• २०८१ फाल्गुण १५ बिहीबार

आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल

kharibot

काठमाडौं  । नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको हो । 

कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहेका छन् । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै