काठमाडौँ । अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको हो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।
त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।