• २०८१ फाल्गुण १५ बिहीबार

नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

kharibot

काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् ।

उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् ।

प्रजक्ता २०२२ मा रिलिज भएको फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।  

उनीहरुले हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।  वृशांक र प्रजक्ता सन् २०११ देखि प्रेम सम्बन्धमा थिए । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा उनीहरुबीच चिनजान भएको थियो ।  वृशांक कर्पोरेट लयर हुन् ।

प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै