• २०८१ फाल्गुण १३ मंगलबार

आफू रिसाएको घटनाबारे नारायणकाजी भन्छन्- मैले त्यसो नगरेको भए पनि हुन्थ्यो, माफी चाहन्छु

kharibot

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार आफू रिसाएको घटनाबारे माफी मागेका छन् ।

सोमबार झापाबाट माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को उद्घाटन समारोहमा श्रेष्ठ उद्घोषणसँग झोक्किएर प्रस्तुत भएका थिए भने त्यसपछि उनले आफ्नो भाषण रोकेर बिदा भएका थिए ।

त्यसै विषयमा मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले माफी मागेका हुन् । माफी माग्दै उनले आफूलाई अवरोधको स्थिति भएको दाबी भने गरेका छन् ।

उनले भनेका छन्- ‘म बोल्न जाँदा मैले सुरुवात मात्रै के गरेको थिएँ, मनोवैज्ञानिक रूपमा मलाई अवरोध जस्तै स्थिति भयो । त्यसले मलाई अलिकति बिझायो नै, त्यो कुरा सत्य हो। त्यसपछाडि मैले थप बोलिनँ ।’ 

उनले त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्दै उनले भने- 'यो पार्टीभित्र हाम्रो अध्यक्षको नेतृत्वमा जुन असाधारण एकता सुदृढ हुँदै छ, अध्यक्षकै नेतृत्वमा हामी अहिले पार्टीको रूपान्तरण अभियान अगाडि बढाउँदै छौँ। यो पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टीका रूपमा रूपान्तरण गर्दै छौँ । यसमा त्यसको कुनै सम्बन्ध छैन।’ 

घटनापछि आफूलाई धेरैले ‘तपाईँ जत्तिको नेताले यस्तो नगरेको भए हुने’ भन्ने सुझाव दिएको र उनले आफुले त्यसो नगरेको भए पनि हुन्थ्यो भन्ने लागेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै