• २०८१ फाल्गुण १३ मंगलबार

प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब

kharibot

विराटनगर । माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ । 

मोरङको कानेपोखरीमा फागुन १३ गते मंगलबार माओबादी अध्यक्ष प्रचण्ड सहितका नोतहरु आउने र जागरणसभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।

माओबादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका बिद्यालय बन्द गर्न दवाब दिएका छन । स्थानीय तह निर्बाचनमा कानेपोखरी गाँउपालिकामा एकजना पनि जनप्रतिनिधि माओबादीबाट निर्बाचित भएका छैनन् ।

सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुदै छ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत्र ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै