• २०८१ फाल्गुण १३ मंगलबार

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

kharibot

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ ।

पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।

आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुने छ ।

प्रतियोगिता अघि प्रमुख खेलाडीको अनुपस्थितिमा कमजोर मानिएको अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेलमा प्रतियोगिताको इतिहासकै सबै भन्दा ठुलो लक्ष्य चेज गरेर आफुलाई प्रतियोगिताको दाबेदारको रुपमा पेश गरेको छ ।

त्यसैगरी दक्षिण अफ्रिकाले पनि पछिल्ला बर्षहरुमा उत्कृष्ट क्रिकेट खेलिरहेको छ । दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनको फिटनेस चिन्ताको विषय बनेको छ । उनी अफगानिस्तानविरुद्ध खेलेका थिएनन् । उनी यस खेलमा फर्किने सम्भावना रहेको छ ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै