काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डलाई २३७ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको हो ।
बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माइकल ब्रसवेलले सर्बाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक एक विकेट लिएका थिए ।