• २०८१ फाल्गुण १२ सोमबार

कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर के गल्ति गरे ?

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका हुन् ।

उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । तर, महशुस तिर्नेहरुको नै लाईन काटिएको भन्दै उनले आपत्ति जनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै