• २०८१ बैशाख १७ सोमबार

‘बाबु कान्छा’को शिर्ष गीतमा शम्भुजित बाँस्कोटाको स्वर (भिडियो सहित)

kharibot

काठमाडौँ । एक समयका चर्चीय संगीतकार एवं गायक शम्भुजित बाँस्कोटाले असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबु कान्छा’ को शिर्ष गीत गाएका छन् । 

मंगलवार इन्टरनेट रिलिज भएको फिल्मको गीतमा 'मन बिनाको धन ठूलो कि ?' फेम्ड गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ फिचर्ड छन् । 

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । 

उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै