• २०८१ फाल्गुण २ शुक्रबार

नयाँ शक्तिको अध्यक्षमा भट्टराई निर्वाचित

kharibot

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । 

मतदानमा जम्मा ८७३ मत खसेकोमा डा, बाबुराम भट्टराईले ८०२ मत पाएका थिए भने नेत्रले ७१ मत पाएको बताइएको छ ।

सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । 

आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो । 

यस महाधिवेशनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै