• २०८१ असार १० सोमबार

पुराना दलका नेताहरु धृतराष्ट्र बनिसके- डा. बाबुराम भट्टराई

kharibot

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलहरुलाई धृतराष्ट्रको संज्ञा दिएका छन् ।

बुधबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले पुराना दलका नेताहरु धृतराष्ट्र बनिसकेको टिप्पणी गरेका हुन् । सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका नयाँ दलका नेताहरुको सहभागिता रहेको थियो ।

पौरानिक कथा महाभारतमा धृतराष्ट्रले माया गरेर बाहुपास (अंगालो) हाल्दा पनि मान्छे मर्ने गरेको मिथक सुनाउँदै उनले नयाँ दलका नेताहरुलाई नयाँ दलका नेताहरुको बाहुपासमा धेरै नकस्सिन आग्रह गरे । आफू पुराना दलका नेताहरुको बाहुपासको नजिक पुग्दासमेत ‘त अझैं जिउँदै छस् ?’ भनेर सोधेको समेत सुनाए ।

उनले भने- ‘देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिले हो । पुराना शक्तिहरु, म अलिकति तपाईँहरुलाई संकेत कहाँ गर्छुभने यो धृतराष्ट्र बाहुपास भन्ने थाहा छ । बहुत माया गरेर बाहुपास गर्यो भने मर्थ्यो रे । धृतराष्ट्र बनिसक्नु भएको छ, हाम्रा पुराना सत्ताका साथीहरु । उहाँको बाहुपासमा धेरै नकस्सिँदाखेरी नै राम्रो होला । म चाहीँ कस्सिएरै त होईन, नजिक, नजिक पुग्दाखेरी पनि मलाई खगेन्द्र दाईले तँ अझै जिउँदै छस् र ? भनिरहनु भएको छ । त्यो बाहुपास बडो खतरनाक हुनसक्छ । त्यसबाट बच्नुहोला । सिकेजीलाई पनि मेरो आग्रह हो ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै