काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेको छ ।
भारतले तेस्रो खेल १४२ रनले जितेर सिरिज ३-० ले जितेको हो । भारतले दिएको ३५७ रनको लक्ष्य पछाएको इङल्याण्डले ३४.२ ओभरमा अल आउट हुदै २१४ रन मात्र बनाएको थियो ।
इङल्याण्डका लागि टम बानटन र गस अटकिन्सनले ३८-३८ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अल आउट हुदै ३५६ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले ११२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए ।
योसँगै भारतले ३ खेलको सिरिज ३-० ले जितेको छ र सिरिजमा क्लीन स्वीप गरेको छ ।