काठमाडौँ । ओमानले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा ओमानले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १५२ रनको लक्ष्य पछाएको ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यो जितपछि लिग २ मा ओमानको १४ खेलमा १६ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको भने १४ खेलमा १८ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।
ओमानमा जारी तीन देशको त्रिकोणात्मक यस सिरिजको अर्को खेल शुक्रबार नामिबिया र अमेरिकाबीच हुदै छ ।