• २०८१ माघ ३० बुधबार

अस्ट्रेलियाविरुद्ध श्रीलंकाको शानदार ४९ रनको जित

kharibot

काठमाडौँ । श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २१५ रनको लक्ष्य पछाएको अस्ट्रेलिया ३३.५ ओभरमा अल आउट हुदै १६५ रन मात्र बनाएको थियो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले सर्बाधिक ४१ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर महीश थीक्शानाले सर्बाधिक ४ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६ ओभरमा अल आउट हुदै २१४ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान चारिथ असलंकाले १२७ रनको शतकीय पारी खेलेका थिए ।

योसँगै श्रीलंकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै