• २०८१ माघ ३० बुधबार

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

kharibot

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । 

विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण भूमिका रहेको उनले बताए । तर, अब विपद् पूर्व सूचना सम्प्रेषण गर्दा म्यासेजको ठाउँमा मोबाइलमा घण्टी बच्ने व्यवस्था प्रभावकारी हुने गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रत्येक पालिकाको वर्गीकरण गरेर विपद् पूर्व सूचना मोबाइलमा घण्टी बच्ने गरी सम्प्रेषण गर्दा प्रभावकारी हुन्छ । यसले मनसुनजन्य विपद्बाट पूर्वसूचित हुन सक्छौं,’ उनले भने । 

स्थानीय तहमा  विपद् प्रभावितको उद्दारका लागि स्वयमसेवक बनाए पनि उद्दारको आधारभूत जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निरन्तर जारी राख्नुपर्ने गृहमन्त्री लेखकले बताए ।

विपद् पश्चातको सूचना प्राप्त गर्न डाउन टू एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उनको भनाइ छ । वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद् पश्चातको सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताए । ‘अफ डाउन’को सूचना संयन्त्र बनाउनु सक्दा विपद् पूर्व र पश्चातको सूचना सम्प्रेषण प्रभावकारी हुने उनको भनाइ छ ।

 ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ । त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ । पूर्व सूचना प्राप्त नहुने खालका विपद्बारे डाउन टू एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ ,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै