• २०८१ माघ २९ मंगलबार

विश्वकप लिग २ को खेलमा ओमानमाथि नामिबियाको महत्वपूर्ण जित

kharibot

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाले ओमानलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई २३ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको १७० रनको लक्ष्य पछाएको ओमानलेले ३७.२ ओभरमा अल आउट हुदै १४६ रन बनाएको हो ।

यो जितपछि नामिबियाको १४ खेलमा १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै ओमानको १३ खेलमा १४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

हाल अमेरिका, ओमान र नामिबियाबीचको सिरिज अन्तर्गत अर्को खेल बुधबार ओमान र अमेरिकाबीच हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै