• २०८१ माघ २७ आइतबार

खानेपानी मन्त्रालयको आगलागीको क्षति मूल्याङ्कन गर्न समिति गठन

kharibot

काठमाडौँ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिवार भएको आगलागीको क्षति मूल्याङ्कन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको गरिएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख सिडिई गणेश कर्माचार्यको संयोजकत्वमा समिति गठन भएको हो । 

जसको सदस्यमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर गणेश पाण्डे र खानेपानी मन्त्रालयका एक जना उपसचिव सदस्य रहेका छन् । 

आगलागीपछि उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह नेतृत्वको टोलीले घटनास्थल पुगेर अवलोकन गरेका थिए । लगत्तै मन्त्रालयले घटनाको क्षतिको मूल्याङ्कन गरी सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा घटनाको पूर्व तयारीका लागि सिफारिससहित एक हप्ताभित्र प्रतिवेदन दिन समितिलाई कार्यादेश दिइएको छ। 

यस्तै सहरी विकास मन्त्रालयले आगलागीबाट भएको क्षतिको मर्मत तथा पुन: निर्माण कार्य पनि सुरु भइसकेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै