• २०८१ माघ २६ शनिबार

दिल्ली चुनावमा केजरीवाल र सिसोदिया पराजित, आपलाई धक्का

kharibot

काठमाडौँ । भारतको दिल्ली विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याउने निश्चित भएको छ ।

मतगणना जारी रहेका बेला आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल र वरिष्ठ नेता मनिष सिसोदिया पराजित भएका छन् । पार्टी प्रमुख र उपप्रमुखको हारले आम आदमी पार्टीलाई ठुलो धक्का लागेको छ ।

केजरीवाल नयाँ दिल्ली चुनाव क्षेत्रबाट ३ हजारभन्दा बढी मतअन्तरले पराजित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै पुर्व उप मुख्यमन्त्री मनिष सिसोधिया ६ सय मतान्तरले पराजित भएका छन् ।

७० सदस्यीय विधानसभामा भारतीय जनता पार्टी हाल ४६ स्थानमा अगाडी छ भने आम आदमी पार्टी २४ स्थानमा अगाडी रहेको छ ।

यस अघि २०२० मा भएको चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै