काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।
उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागीको कारण र क्षतिको विवरण समेत आउन भने बाँकी रहेको छ ।