• २०८१ माघ २५ शुक्रबार

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन् ।

प्रधानमन्त्रीले दिउँसो एक बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भर्चुअल संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे संवाद गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यालयको एक्सन रूमबाट संवाद गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै