काठमाडौँ । लिभरपुल कारबाओ कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनल खेलमा लिभरपुलले टोटनह्यामविरुद्ध समग्रमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लिगमा लिभरपुलले ४-० गोल अन्तरले पराजित गरेको थियो ।
लिभरपुलको जितमा गाक्पो, मोहमद सलाह, भर्गिल भान डाईक र डोमिनिक जोबोस्जलाईले एक एक गोल गरेका थिए ।
यस अघि टोटनह्यामले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
यसअघि न्यूक्यासल युनाइटेडले आर्सनललाई समग्रमा ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
अब फाइनलमा लिभरपुल र न्यूक्यासल युनाइटेड मार्च १६ मा खेल्ने छन् ।