काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आजको बैठकमा समितिका प्रतिवेदन पेश गर्नेदेखि अध्यादेश स्वीकृत र अस्विकारका दुवै प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ ।
अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको छ ।
त्यस्तै सरकारले माघ १८ गते बसेको संसद बैठकमा पेश गरेका अध्यादेश आज स्वीकृत का लागि पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको सम्भावित कार्यसूची: