काठमाडौँ । गैर-अमेरिकी आमाबाबुका सन्तानलाई जन्मसँगै स्वचालित अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले रोक लगाएको छ ।
अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले यो प्रतिबन्ध अस्थायी रूपमा लगाएका हुन् ।
अदालतमा चार अमेरिकी राज्यले जन्मसँगै बच्चाहरूलाई स्वचालित अमेरिकी नागरिकताको प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमाथि रोक लगाउन माग गरेका थिए ।
डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा यदि अमेरिकामा जन्मेको बच्चाकी आमा गैरकानूनी रूपमा बस्दै छिन् भने, बच्चा जन्मेको समयमा बुबा अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा होइनन्, बच्चा जन्मेको समयमा आमा संयुक्त राज्य अमेरिकाको कानुनी तर अस्थायी बासिन्दा हुन् भने, बच्चा जन्मेको समयमा बुबा अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा होइनन् स्वचालित अमेरिकी नागरिकता प्राप्त नगर्ने प्रावधान रहेको छ । ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागू हुने बताइएको छ ।
यस मुद्धामा न्यायाधीशले के यो संबिधान अनुसार छ भनेर प्रश्न समेत गरेका थिए ।