काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो वार्ता भएको छ ।
वार्तामा दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने वाचा गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सी जिनपिङले पुटिनलाई 'रणनीतिक सहयोगलाई अझ विस्तार गर्न, पारस्परिक सहयोगलाई सुदृढ पार्न र वैध हितको रक्षा गर्न' आग्रह गरेको बताइएको छ ।
यसअघि मंगलबार, ट्रम्पले बेइजिङमाथि कर लगाउने धम्की दिएका थिए भने रुसलाई यदि युक्रेन युद्ध रोक्न सम्झौतामा नपुगेमा मस्कोले ठूलो समस्याको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । साथै ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा १० प्रतिशत कर लगाउने विचार गरिरहेको बताए । फेब्रुअरी १ देखि यो शुल्क लागू गर्ने विचार भइरहेको बताए ।
रुसी विदेश मामिला सल्लाहकार युरी यशाकोभका अनुसार पुटिनले सी जिनपिङलाई युक्रेनमा भएको कुनै पनि सम्झौताले रुसी हितको रक्षा गर्नुपर्ने बताएका थिए ।
ट्रम्पले चेतावनी पछि सी जिनपिङ र पुटिनबीचको वार्तालाई दुवैले ट्रम्पविरुद्ध रणनीति बनाउन यो छलफल गरेको विश्लेषण गरिएको छ ।