काठमाडौँ । इजरायलको कब्जामा रहेको पश्चिम किनारको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु भएको छ।
इजरायली सेनाको कारबाहीमा अन्य ३५ जना घाइते भएका मिडिया रिपोर्टमा उल्लेख छ ।
प्यालेस्टिनी मिडिया रिपोर्टका अनुसार शहरमा धेरै आक्रमणहरू भएका छन् । शहर बाहेक, राहत शिविरहरूमा ठूलो संख्यामा सैनिकहरूको आवतजावत भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जालमा इजरायली सेनाले जेनिनबाट आतंकवाद उन्मूलन गर्न ठूलो मात्रामा अपरेशन सुरु गरेको बताएका थिए ।
इजरायलको वेस्ट बैंकमा कारबाही पछि हिंसा भड्किने डर रहेको छ ।
प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सेनाले जेनिन शिविरलाई पूर्ण रूपमा घेरेको र बुलडोजरले धेरै सडकहरू खनेको बताएको छ ।