• २०८१ माघ ९ बुधबार

कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका थोरै भू-भागहरुमा हुस्सु लागेको छ ।

आज कोशी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै बागमती प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना  रहेको छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै