• २०८१ माघ ७ सोमबार

हमासले रिहा गर्यो तीन बन्धक

kharibot

काठमाडौँ । हमासले युद्धविरामको शर्त अनुसार तीन इजरायली बन्धकलाई रिहा गरेको छ ।

बीबीसीका अनुसार हमासले तीन इजरायली बन्धकलाई रेडक्रसको जिम्मा लगाएको हो । इजरायली डिफेन्स फोर्सले पनि हमासले तीन महिला बन्धकलाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको छ ।

रिहा हुनेमा रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचर रहेका छन् । २४ बर्षिय रोमी, २८ बर्षिय एमिली र ३१ बर्षिय डोरोनलाई हमारलाई २०२३ को अक्टोबर ७ मा बन्धक बनाएर लागेको थियो ।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतामा ४२ दिनमा तीन चरणमा सबै बन्धकलाई रिहा गर्ने सहमति भएको छ, जसमा पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै