• २०८१ माघ ६ आइतबार

नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन

kharibot

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराममा ढिलाइ हुने बताएका छन् ।

उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनले इजरायल रक्षा बललाई युद्धविराम सुरु नगर्न आग्रह गरेको बताएको छ । युद्धविराम स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजे सुरु हुने भनिएको थियो ।

हमासले यो ढिलाइ 'जमिनमा प्राविधिक कारणले' भइरहेको बताएको छ । नेतान्याहूले गए राति गाजा युद्धविराम सम्झौताको पहिलो चरण 'अस्थायी युद्धविराम' भएको र यदि सम्झौता भङ्ग भयो भने, इजरायललाई युद्ध जारी राख्ने अधिकार छ र अमेरिकाको समर्थन पनि छ भनी चेतावनी दिएका थिए ।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी रहेका बेला नेतान्याहूको कार्यालयले इजरायल अझै पनि तीन बन्धकहरूको नाम पर्खिरहेको बताएको छ ।

युद्धविराम सम्झौता अनुसार, आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्ने उल्लेख छ । तीन चरणमा हुने भनिएको युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई छोड्ने सहमति जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै