काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दै छ । आज राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन समिती र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । त्यस्तै आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको संयुक्त बैठक बस्दै छ ।
अपराहन्न २ बजे देखि हुने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा माननीय महान्यायाधिवक्तासँग छलफल हुने कार्यसूची रहेका छन् । त्यस्तै विहान साढे ११ बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तैगरि बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको संयुक्त बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।