• २०८१ माघ ११ शुक्रबार

राष्ट्रपति पौडेलद्वारा तीन देशमा गैरआवासीय राजदुत नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशमा गैरआवासीय राजदुत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा क्यूबा, भियतनाम र भेनेजुएलाका लागि गैरआवासीय राजदुत नियुक्त गरेका हुन् ।

उनले क्यानाडाका लागि नेपालको आवासीय राजदूत भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि, थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै