• २०८१ माघ २ बुधबार

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको बैठक बोलाएको छ ।

बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालय बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादीलगायतका विपक्षी दल सहभागी हुने बताइएको छ ।

विपक्षी दलहरुले सरकारले संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरिरहेको भन्दै संसद अधिवेशन आव्हान गर्न दबाब दिने लगायत विषयमा छलफल गर्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै