काठमाडौँ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओला र उनकी पत्नी क्रिस्टिना सेरा अलग भएका छन् ।
मिडिया रिपोर्टका अनुसार पेप र क्रिस्टिनाले आफ्नो ३० बर्षको सम्बन्धको अन्त्य गरेका हुन् ।
स्पेनिस मिडियाको रिपोर्टका अनुसार दुवैको पहिलो पटक १९९४ मा भेट भएको थियो । त्यसपछि सम्बन्धमा रहेका पेप र क्रिस्टिनाले २०१४ मा मात्र विवाह गरेका थिए । उनीहरुका दुई छोरी र एक छोरा सन्तान रहेका छन् ।
क्रिस्टिनाले २०१९ मा म्यानचेस्टर छोडेर बार्सिलोनामा स्थायी रुपमा बस्न थालेको र पेप सिटीमा बिदा हुनासाथ पत्नी र छोरा छोरी भेट्न बार्सिलोना जाने गरेको रिपोर्टमा उल्लेख छ । अहिले उनीहरु अलग भएको स्पष्ट कारण बाहिर आएको भने छैन ।