काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले नाम र स्थान परिवर्तन गर्न निवेदन दिएका छन् ।
महानगरले कम्पनी रजिस्ट्रारको कार्यालयवाट र शैक्षिक गुठीको विधानमा नाम र स्थान परिवर्तन गरेको पत्र महानगरको शिक्षा विभागमा निवेदन दर्ता गराएको जानकारी दिदै शैक्षिक संस्थाको नाम परिवर्तन र स्थान परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा सङ्घ, संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित ३५ दिनभित्र लिखित निवेदन दिन आग्रह गरेको छ ।
महानगरले कुनै उजुरी नपरेमा निवेदकको माग बमोजिम हुने जानकारी दिएको छ ।