• २०८१ पौष १२ शुक्रबार

कजाकिस्तानमा विमान दुर्घटना: २८ जनाको सकुशल उद्धार

kharibot

काठमाडौँ । कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै विमान दुर्घटना भएको छ ।

अजरबैजान एयरलाइन्सको विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा २८ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ३० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । यद्यपी मृत्यु हुनेको संख्या यकिन नभएको बताइएको छ । 

प्राप्त जानकारीका अनुसार विमान अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएर आगोको गोलामा परिणत भएको थियो । प्रारम्भिक रिपोर्टमा अजरबैजान एयरलाइन्सको विमान अजरबैजानबाट रुस जाँदै गरेको देखाइएको थियो । यसैबीच यसमा केही प्राविधिक त्रुटि देखिएको छ । त्यसपछि विमानले अक्ताउ विमानस्थलबाट आकस्मिक अवतरणको अनुमति मागेको थियो । तर, यही क्रममा विमान दुर्घटनाग्रस्त भयो ।

विमानमा अजरबैजानका ३७, रूसका १६, कजाकिस्तानका ६, किर्गिस्तानका ३ यात्रु रहेको बताइएको छ ।

उडिरहेको एम्ब्रेयर १९० एएचवाई ८२४३ विमानसँग चरा ठोक्किएको दाबी गरिएको छ । जसका कारण विमानका पाइलटले आपत्कालीन अवतरणका लागि अक्ताउ विमानस्थलमा सम्पर्क गरेका थिए । तर, विमान अवतरण गर्नुअघि नै स्टेयरिङ फेल भएर दुर्घटनामा परेर आगोमा परेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै