• २०८१ पौष ६ शनिबार

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाँई निलम्बित

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ निलम्बनमा परेका छन् । काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई निलम्बनमा राखी कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता नविन मानन्धरले भनेका छन्- 'सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै