• २०८१ पौष ६ शनिबार

नेपाली युवा टिमद्वारा हङकङ यू-१९ विरुद्धको सिरिज क्लीन स्वीप

kharibot

काठमाडौं । नेपाल भ्रमणमा रहेको हङकङ यू-१९ टिमलाई हराउँदै नेपालको यू-१९ टिमले तीन खेलको एक दिवसीय शृंखला क्लिनस्विप गरेको छ ।

तेस्रो खेलमा नेपालले दिएको २६६ रनको लक्ष्य पछाएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाएपछि नेपाल १३० रनले जित हासिल गरेको हो ।

यस अघि नेपालले पहिला ब्याटिंग गर्दै सुर्यान्शु कोइरालाको ६०, कप्तान अभिषेक तिवारीको ५६ र सन्तोष यादवको ५३ रनको मद्धतले ४९.१ ओभरमा अल आउट हुदै २६५ रन बनाएको थियो ।

यस अघि नेपालले पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा २२६ रनले जित हासिल गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै