काठमाडौं । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । विहिबार स्थगित बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजोको बैठक स्थगित गरिएको थियो । बिहीबार प्रधानमन्त्री ओली अस्वथ्य भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको थियो ।
इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका थिए ।