• २०८१ पौष ५ शुक्रबार

इटालीकी प्रधानमन्त्री मेलोनी र मस्कको मित्रता, संसदमा दिनुपर्यो जवाफ !

kharibot

काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी व्यापारी एलन मस्कसँगको आफ्नो मित्रतालाई लिएर उठेका प्रश्नको जवाफ दिएकी छन् । उनले इटालीको संसदमा आफू मस्कको साथी भएको तर यसले उनीहरुको व्यापारिक सम्बन्धलाई फाइदा नहुने स्पष्ट गरेकी छन् ।

मेलोनीले भनेकी छन्- 'म एकै समयमा एलन मस्कको साथी र इटालीको प्रधानमन्त्री हुन सक्छु । अरू धेरैसँग मेरो राम्रो सम्बन्ध छ तर म कसैको आदेशमा काम गर्दिन ।'

यस वर्ष सेप्टेम्बरमा, मेलोनीले न्यूयोर्कमा एक कार्यक्रमको क्रममा मस्कलाई भेटेकी थिइन् । यो भेटसँग सम्बन्धित धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । मस्क र मेलोनी एकअर्कालाई डेट गरिरहेका छन् भन्ने दाबी पनि गरिएको थियो । सेप्टेम्बरमा, मस्कले एट्लान्टिक काउन्सिलको ग्लोबल सिटिजन अवार्डमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेट गरेका थिए ।

इटालीका विपक्षी नेताहरूलाई निशाना बनाउँदै मेलोनीले भनिन्-‘विदेशी नेतासँग मेरो धेरै राम्रो मित्रता भएकोले म उसको गुलाम बनेर उसले जे भने पनि स्वीकार गर्छु भन्ने लाग्छ तर त्यस्तो होइन । म कसैको आदेश पालन गर्दिन ।'

इटालीमा उद्योग स्थापनाका लागि प्रधानमन्त्री मेलोनीले मस्कसँग पटकपटक भेट गरिसकेका छन् । इटालियन सरकारले अन्तरिक्ष क्षेत्रको प्रवद्र्धनका लागि एउटा फ्रेमवर्क तयार गरेको छ, जसअन्तर्गत मस्कको ‘स्पेस एक्स’ जस्ता विदेशी कम्पनीलाई त्यहाँ काम गर्न सहज भएको छ । इटाली सरकारको यो ढाँचाअनुसार सन् २०२६ सम्म इटालीमा ठुलो लगानी हुने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर २४ मा न्यूयोर्कमा एक कार्यक्रमका क्रममा मस्क र मेलोनीबीच भेट भएको थियो । यसमा मस्कले मेलोनीको तारिफ गर्दै उनलाई निकै सुन्दर भनेकी छन् । मस्कले जर्जिया भित्रबाट जति सुन्दर छ, बाहिरबाट पनि उत्तिकै सुन्दर छ । त्यसपछि मात्रै यी दुईबीच डेटिङको हल्ला चल्न थालेको थियो । यद्यपि, यी अफवाहहरूमा, मस्कले सामाजिक सञ्जालमा आफू डेट नगरेको स्पष्ट पारेका थिए । मस्कले गत वर्षको डिसेम्बर र यसै वर्ष जुलाईमा पनि इटालीको भ्रमण गरेका थिए । त्यसबेला मेलोनीले मस्कको तारिफ गर्दै उनलाई निकै चलाख व्यक्ति भनेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै