• २०८१ पौष ४ बिहीबार

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद्को बैठक स्थगित

kharibot

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले विहिबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएका कारण आजको मन्त्रिपरिषद् बैठक बस्न नसकेको बताइएको छ । 

बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति भने तय गरिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै