• २०८१ पौष ४ बिहीबार

भारत र पाकिस्तानका आइसीसी प्रतियोगिताका खेलहरु अबदेखि तटस्थ स्थानमा हुने

kharibot

काठमाडौँ । च्याम्पियन्स ट्रफी अर्को वर्षको फेब्रुअरी र मार्चमा हुने भएको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारत र पाकिस्तानबीचका सबै खेल तटस्थ स्थानमा खेलिने स्पष्ट पारेको छ ।

यसको मतलब अब दुवै टोलीले आईसीसीको कुनै पनि प्रतियोगितामा एकअर्काको देशको भ्रमण नगर्ने र दुई टोलीबीचको खेल तटस्थ स्थानमा खेलाइने आइसीसीले स्पष्ट गरेको छ । यो नियम २०२४-२०२७ सम्म लागू रहनेछ । यसबाट च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा मात्रै आयोजना हुने निश्चित भएको छ ।

आईसीसीले सन् २०२४–२७ को बीचमा हुने कुनै पनि आईसीसी प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा खेलाइने बताएको छ । यो नियम आगामी च्याम्पियन्स ट्रफी, महिला क्रिकेट विश्वकप २०२५ (भारतले आयोजना गर्ने) र पुरुष टी-२० विश्वकप २०२६ (भारत र श्रीलंकाले आयोजना गर्ने) मा लागू हुनेछ । यसबाहेक आईसीसीले सन् २०२८ मा हुने महिला टी–२० विश्वकप आयोजना गर्ने अधिकार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई दिएको छ । यस अवधिमा भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा मात्रै खेलाइनेछ ।

आईसीसीले च्याम्पियन्स ट्रफीको खेलतालिका अझै तय गरेको छैन । आईसीसीले आगामी प्रतियोगिताको तालिका छिट्टै घोषणा गर्ने जनाएको छ । भारतका सबै खेल दुबईमा खेल्न सकिने विश्वास गरिएको छ । प्रतियोगितामा भारत र पाकिस्तानबाहेक अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका गरी आठ टोलीको सहभागिता रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै