काठमाडौँ । दक्षिण कोरियाका एक सांसदले रुसको तर्फबाट युक्रेनविरुद्ध लड्दा कम्तीमा १०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको बताएका छन् ।
सांसद ली सुङ क्वोनले दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले यसबारे संसदलाई जानकारी गराएको बताए । युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक पनि घाइते भएको उनले बताए । सांसद क्वोनले मारिनेमा धेरै उच्च सैन्य अधिकारी पनि रहेको बताए ।
हालै एउटा रिपोर्ट आएको थियो जसमा भनिएको थियो कि युक्रेन विरुद्धको युद्धमा रुसको तर्फबाट १० हजार भन्दा बढी उत्तर कोरियाली सैनिक लडिरहेका छन् । सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उत्तर कोरियाली सैनिकको हत्या भएको पुष्टि गरेको छ, यद्यपि मन्त्रालयले मृत्यु हुनेको संख्या खुलाएको छैन।
यी दाबीहरू स्वतन्त्र रूपमा प्रमाणित भने भएका छैनन् ।