काठमाडौँ । मलेसियामा जारी महिला यू-१९ एशिया कपको सुपर चारमा पुग्ने देशको टुंगो लागेको छ ।
समुह चरणका खेल सकिएसँगै समुह ए बाट बंगलादेश र श्रीलंका तथा समुह बी बाट भारत र नेपाल सुपर चारमा पुगेका छन् ।
त्यस्तै समुह ए बाट मलेसिया र समुह बी बाट पाकिस्तान समुह चरणबाटै बाहिरिएका छन् । पाकिस्तान र मलेसियाले आज पाँचौं स्थानको लागि खेल्दै छन् ।
अब सुपर फोरमा हरेक देशले २-२ खेल खेल्ने छन् र त्यसपछि शिर्ष २ स्थानमा रहने देश फाइनलमा पुग्ने छन् ।
जस अन्तर्गत नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने भएको छ । नेपालले सुपर चारको पहिलो खेल विहिबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्ने भएको छ ।
नेपालले समुह चरणमा पाकिस्तानलाई पराजित गरेको थियो भने भारतसँगको खेल बर्षाले अवरुद्ध हुदा अंक बाँडेको थियो ।