काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
जस अनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । यस बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसुची रहेको छ ।
त्यसैगरी बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ, जसमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या र समाधानका उपायहरू बारे छलफल गर्ने एजेण्डा रेहको छ ।
त्यस्तै, बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जहाँ सुरक्षित कारोबार ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने बताइएको छ ।