• २०८१ मङ्सिर २८ शुक्रबार

फेरी किन पक्राउ परे दुर्गा प्रसाई ?

kharibot

काठमाडौँ । दुर्गा प्रसाई अदालत परिसरबाट पक्राउ परेका छन् । आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका प्रसाईं अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका उनलाई प्रहरीले सङ्गठित अपराधको कसुरमा फेरि पक्राउ गरेको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे छानविन भइरहेको छ । सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन् । प्रसाईँको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका थिए ।

धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेपछि यो तस्करसँगको लडाईँ भएको प्रतिक्रिया दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै