• २०८१ पौष ७ आइतबार

उद्योग वाणिज्य महासंघमा अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने

kharibot

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाएका छन् ।

उनले सबै पदाधिकारीलाई विश्वासमा लिएर यस्तो व्यवस्था हटाएका हुन् । यद्धपी यो व्यवस्था हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि लागु हुनेछ । अब महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुने निर्णय भएको हो ।

मंगलबार बसेको विशेष साधरणसभाले यस्तो निर्णय लिएको हो । साधारणसभाले लिएको संशोधनको निर्णयअनुसार अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गर्नेछ । श्रेष्ठको कार्यकालपछि भने नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै