काठमाडौँ । नेतुम्बो नन्दाई-नडैतवा नामिबियाको पहिलो महिला राष्ट्रपति बनेकी छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ७२ वर्षीय नन्दी–नडैतवा ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन् ।
नेतुम्बोको यो जित उसले दोस्रो चरणमा जानुपर्ने चुनावी दाबीको विपरीत हो । राष्ट्रपतिमा निर्वाचित भएपछि नन्दी-नडैतवाले नामिबियाको राष्ट्रले शान्ति र स्थिरताको पक्षमा मतदान गरेको बताएकी छन् ।
निर्वाचनमा केही प्राविधिक समस्या, मतपत्रको अभावलगायत अन्य मुद्दाका कारण विपक्षी दलले मतपरिणाम अस्वीकार गरेका छन् । जसका कारण निर्वाचन अधिकृतले शनिबारसम्म मतदानको समय थपेका थिए । मतदानका लागि लामो लामका कारण कतिपय मतदाताले १२ घण्टा कुर्नुपरेको थियो, त्यसपछि पहिलो दिन नै मतदान छाडेका थिए । यस अवस्थामा विपक्षी दलहरूले मतदानको समयावधि गैरकानूनी भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने बताएका छन् ।