• २०८१ मङ्सिर २० बिहीबार

रवि लामिछानेसँग आज पनि चितवनमा बयान लिइँदै

kharibot

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदै छ ।

काठमाडौंबाट मंगलबार चितवन पुर्‍याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा हिजोनै मध्याह्न १२ बजेदेखि पाँच घन्टा बयान लिइएको थियो ।

सरकारी वकील कार्यालय चितवनले लामिछानेसँग आज पुनः लिखित बयान लिने बताएको छ ।  सरकारी वकील र अनुसन्धान अधिकृतले संयुक्त बयान लिएका हुन् । लामिछानेसँग सकेसम्म आज नै बयान सक्ने तयारी गरिएको छ ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट मंगलबार बिहान चितवन लगिएको थियो । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै