काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको नजिता सार्बजनिक भएको हो ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सातवटा वडामा जीत हासिल गरेको छ ।
। यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँचवटा वडामा विजयी भएको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक-एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उमेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
यस उपनिर्वाचनमा ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एकजना, उपप्रमुख एकजना, गाउँपालिकाका अध्यक्ष दुईजना, उपाध्यक्ष चारजना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र २०२ जना गरी जम्मा ३७६ उमेदवार थिए ।