काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन भ्रमणमा जाने भएकी छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको अवसरमा आजदेखि शनिबारसम्म चीनको भ्रमण गर्ने भएकी हुन् ।
मन्त्री राणा विहिबार बेइजिङ प्रस्थान गरेपछि मंसिर १४ मा चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ । सो वार्तामा प्रधानमन्त्री ओलीको चीन भ्रमण सहित अन्य विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री राणा शनिबार काठमाडौँ फर्किने भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।