काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
घिसिङले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर बुधबार नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।
प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएर राष्ट्र बैंकलाई पत्र लेखेका छन् ।